हामीसँग जोडिनुहोस

भारतले फेरि खोल्यो धौलिगंगा बाँध, महाकाली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह

0 मिनेट

०६ साउन,बैतडी ।

भारतले धौलिगङ्गा बाँध पुनः खोलेको छ।

बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएकोले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए।

यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियो।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।