हामीसँग जोडिनुहोस

प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

1 मिनेट

१६ साउन,काडमाडौं।

संवैधानिक परिषद्को बैठक आज बस्दैछ। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० बाट अनिवार्य अवकाशमा जाँदै छन्।​​ सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नै प्रधानन्यायाधीशको रोलक्रममा छन्। त्यसपछि ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश प्रधानन्यायाधीशका लागि योग्य छन्।​परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ। संविधानको धारा २ सय ८४ को उपधारा ३ मा न्यायाधीश वा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।

तर प्रधानन्यायाधीशले अवकाश पाउने ४ दिनअघि बल्ल संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।​ मंगलबार नै परिषद्ले सिफारिस गरे संसदीय सुनुवाइ समितिमा पठाइनेछ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।