हामीसँग जोडिनुहोस

विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूत सर्वसम्मतिले अनुमोदन

1 मिनेट

 १८ साउन,काठमाडौँ ।

संसदीय सुनुवाइ समितिले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधवार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई संसदीय सुनुवाइबाट अनुमोदन भएका हुन् ।

गत असार २६ गते मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।