हामीसँग जोडिनुहोस

पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा ७६ प्रतिशतले कमी

1 मिनेट

साउन २०, काठमाण्डौ।

पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ठूलो परिमाणमा कमी आएको छ । गएको आर्थिक वर्ष २०७९र८० मा नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा ७६ प्रतिशतले कमी आएको हो ।

सरकारले आयातमा गरेको कडाइ, तरलता अभाव, आर्थिक मन्दी र विद्युतीय गाडीमा भएको आकर्षणका कारण पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा ७६ दशमलव १४ प्रतिशतले कमी आएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८र७९ मा नेपालले १५ अर्ब ९७ करोड रुपैयाँ तिरेर १५ हजार ६ सय १० वटा पेट्रोलियम पदार्थबाट गाडी आयात गरेकोमा गएको आर्थिक वर्ष २०७९र८० मा भने तीन हजार ७ सय २५ वटा गाडी आयात भएको छ ।

गएको वर्ष जम्मा पाँच अर्ब ५७ करोड रुपैयाँका मात्रै गाडी आएका छन् । तर विद्युतीय गाडीको आयात भने निकै बढेको छ । गएको आर्थिक वर्षमा चार हजार ५० वटा विद्युतीय गाडी आयात भएका छन् ।

यी गाडीको मूल्य ११ अर्ब ८४ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा भने जम्मा १८ सय पाँच वटा मात्रै विद्युतीय गाडी आयात भएका थिए ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।