हामीसँग जोडिनुहोस

विनायक शिक्षा निकेतनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

1 मिनेट

भक्तपुर,साउन २१ ।

भक्तपुरको मध्यपुर ठीमी नगरपालिकास्थितविनायक शिक्षा निकेतन बिद्यालयमा  शैक्षिक सत्र २०८० मा नयाँ कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरूको सम्मानमा एक समारोहबीच स्वागतम् तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् संस्कृतिविद् श्री गणेशराम लाछीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागी सम्पूर्णलाई स्वागत गर्नुहुँदै संस्थापक प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले बिद्यालयका बिबिध गतिविधि तथा योजनाका बिषयवस्तुको जानकारी गराउँदै बिद्यार्थीहरूलाई उत्प्रेरित गर्नुभयो ।

बिद्यालयका शैक्षिक संयोजक श्री शैलेन्द्र कुमार भट्टराईले रोचक ढंगले बिद्यार्थी प्रोफाइल प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौलाले साहित्यिक प्रस्तुतिका साथ शिक्षक प्रोफाइल प्रस्तुत गर्नुभयो ।
त्यसैगरी,+2 संयोजक एवम् परामर्शदाता तुल्सीहरि प्रजापतिले बिद्यालयका नीति नियमहरूको जानकारी गराउनुका साथै सम्पूर्ण नयाँ कक्षा ११ मा भर्ना हुनुभएका बिद्यार्थीहरूलाई शपथ ग्रहण गराउनुभयो ।

कार्यक्रममा गायिका ईन्द्रकला राईले बेजोड सांगितीक प्रस्तुति दिनुभएको थियो भने शिक्षक तथा बिद्यार्थीहरूले पनि बिबिध प्रतिभा प्रस्तुत गरेका थिए ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।