साउन २१, काठमाण्डौ ।
काठमाण्डौको तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ ।गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उहाँकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिनुभयो ।उहाँका अनुसार गणेश तामाङकी श्रीमती र छोरा घाइते हुनुभएको छ ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।