हामीसँग जोडिनुहोस

चीनको हेबेईमा बाढीमा पर‍ि १० जनाको मुत्यु

1 मिनेट

साउन २१,  एजेन्सी।
चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको ज्यान गएको छ । चीनको उत्तरी हेबेई प्रान्त बाओडिङमा आएको बाढीमा उनीहरुको ज्यान गएको हो ।

बाओडिङ सहर बेइजिङबाट झण्डै एक सय ५० किलोमिटर टाढा पर्छ । यो सहरका ६ लाखभन्दा धेरै मानिस जोखिममा रहेका र उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको विपद् निकायलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।चीन यसवर्ष रेकर्ड तोड्ने गर्मीदेखि ठूलो वर्षासम्मको चरम मौसमी चपेटामा परेको छ । गएको महिना मात्रै प्राकृतिक प्रकोपका कारण एक सय ४७ जनाले ज्यान गुमाएका थिए ।

चीनमा शुक्रवार आँधीबेहरीको रूपमा आएको डोक्सुरी आँधीपछिको मुसलधारे वर्षा एक सय ४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको मौसमविद्हरूले बताएका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।