हामीसँग जोडिनुहोस

नेकपा माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

1 मिनेट

साउन २१, काठमाण्डौ ।

सत्तारूढ नेकपा माओवादी केन्द्रले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र हेरफेर गरिएको सम्बन्धी प्रस्ताव पेस गर्नुभएको उहाँका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसबमोजिम पार्टीका उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्ज बनाइएको छ । गैरभौगोलिक प्रदेशका रूपमा चिनिने विशेष प्रदेश समितिका रूपमा कार्यरत त्यो प्रदेशलाई थप प्रभावकारी बनाउन नेता पुनलाई जिम्मेवारी दिइएको हो ।

यस्तै उपमहासचिव जनार्दन शर्मालाई बाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । सचिव लीलामणि पोखरेललाई मधेस प्रदेश इन्चार्ज र सचिव देवेन्द्र पौडेललाई गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । यसैगरी चक्रपाणि खनाललाई कोशी प्रदेश इन्चार्ज, हितमान शाक्यलाई लुम्बिनी प्रदेश इन्चार्ज, मात्रिका यादवलाई कर्णाली प्रदेश इन्चार्ज र डिलाराम आचार्यलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । नेता गिरिराजमणि पोखरेललाई उपत्यका सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिइँदा नेता राम कार्कीलाई प्रवास प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यस्तै समाजवादी मोर्चा र पार्टी एकता संयोजनको जिम्मेवारी उपाध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ । जनसङ्गठन समन्वयको जिम्मा उपाध्यक्ष पम्फा भुसालले पाउँदा प्रचार विभागको इन्चार्जको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिइएको छ । विज्ञान–प्रविधि विभागको इन्चार्जको जिम्मेवारीमा गणेश साह हुनुहुन्छ भने बुद्धिजीवी, प्राध्यापक, मानवअधिकार, शिक्षक, तथा कानुन व्यवसायी सङ्गठनको समन्वयको जिम्मेवारी दिननाथ शर्माले पाउनुभएको छ ।

यसैगरी जनवर्गीय सङ्गठनका सबै फ्याक्सन इन्चार्ज पनि परिवर्तन भएका छन् । त्यस्तै पार्टीको स्थायी समिति र केन्द्रीय सदस्यहरूको समेत जिम्मेवारी तोकिएको माओवादीले बताएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।