हामीसँग जोडिनुहोस

लण्डनमा नेवाः कला, संस्कृति, पर्व र परम्पराको संरक्षण गर्दै प्रजापति

1 मिनेट

भक्तपुर, २१ साउन : आफ्नो कला, संस्कृतिको माया स्वदेशमा मात्रै होइन विदेशमा रहदा पनि हुन्छ भन्ने भनाईलाई चरितार्थ गर्नु भएको छ, भक्तपुर नगरपालिका ९ च्यामासिंह घरभई विगत १५ वर्षदेखि लण्डनमा बस्दै आउनु भएका सुशील प्रजापतिले ।

एक महिनाको बसाईमा नेपाल आउनु भएका प्रजापतिले आज रफत सञ्चार क्लबमा आयोजना गरेको अन्तर सम्वाद कार्यक्रममा कला र संस्कृतिको महत्व विदेशमा अझै बढेको बताउनु भयो ।

पासा पुचः गुथी यूकेका अध्यक्ष समेत रहनु भएका प्रजापति भन्नुभयो, “विदेशमा रहेर पनि नेवाः कला, संस्कृतिलाई संरक्षण र प्रवर्धन गरेका छाँै, यूकेमा रहेका युवा पुस्तालाई नेवाः कला, संस्कृतिका विविध आयामहरू हस्तान्तरण गर्ने कार्य गरिरहेका छौँ ।”

नेपाली नेवारहरुको छाता संगठन पासा पुचः गुथी गठन गरि त्यहाँ रहेका नेपाली नेवार समुदायका व्यक्तिहरु आवद्ध भएर नेवाः बाजा, कला, नाच, पाक कला, परम्परा, जात्रालगायतका गतिविधिहरु गरेको उहाँले बताउनु भयो ।

यूकेमा गुथीका ६ वटा शाखाहरु सञ्चालन गर्दै त्यहाँ रहेको नेपालीहरुलाई अहिले धिमे बाजा, धा बाजा, कुमारी नाच, मञ्जुश्री नाच, बज्रयोगिनी नाच, भैरव नाचको प्रशिक्षण दिइरहेको उहाँले बताउनु भयो । यूकेमै गुथी भोज, योमरी पुन्ही, म्ह पूजा, गुथी, सेमिनारलगायतका वार्षिक कार्यक्रमहरु सञ्चालन गर्दै यहाँका नेवाः कला, संस्कृति, पर्व र जात्राहरुलाई त्यहाँका युवा पुस्तामा हस्तान्तरण एवं संरक्षण गर्ने अभयान चलाएको बताउनुभयो ।

नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा भाषाको कठिनाइ, भेषभूषा र रहनसहनमा अप्ठयारो पर्ने गरेको र भौतिक सामग्रीको अभाव खट्किने गरेको उहाँले बताउनुभयो । कला, संस्कृतिको धनी देश नेपालको आफ्नै पहिचानलाई यूकेमा जिवन्त बनाउन यहाँका कला र संस्कृतिलाई जीवन्तता दिन मौलिकपनलाई निरन्तरता दिँदै यसको दीर्घकालीन संरक्षणमा लाग्न त्यहाँ रहेको नेपालीहरुमा इच्छा र जागरण हुनुपर्ने उहाँको भनाई थियो ।

प्रजापतिले भन्नुभयो,“आधुनिकतासँगै आफ्नो मौलिकतालाई पनि सन्तुलन कायम गर्दै आफ्नो पहिचानलाई जोगाउन हाम्रा पुर्खाले गर्दै आएको पर्व, कला, धर्म, संस्कृतिलगायतको नालीबेलीकाबारेमा नयाँ पुस्तालाई जानकारी गराउदै नेपाललाई विश्वमा चिनाउन लागिपरेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।