हामीसँग जोडिनुहोस

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

1 मिनेट

काठमाडौं, साउन २२।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ। राष्ट्रियसभाको अर्को बैठक साउन २४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए। उनले सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताइन्। उनले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद निरन्तर रूपमा अवरुद्ध रहने बताइन्।

अध्यक्ष तिमल्सिनाले संसद बैठकमा अवरोध संचालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरूले उठेर अवरोध कयमा राखे।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ। एमालेको अवरोधपछि स्थगित भएको बैठक यसअघि दुई पटकसम्म प्रतिनिधिसभा बैठक स्थगित भएको थियो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।