हामीसँग जोडिनुहोस

भोलि ३ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

1 मिनेट

काठमाडौं,२२ साउन।

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्नो अडानबाट पछि नहटेपछि सोमबार बोलाइएको बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो।

सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न समिति बनाउनुपर्ने माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ।

संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको सक्रियतामा प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष नेताबीच आज सोमबार बिहानदेखि दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन।

सहमति नभएपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो।
एमालेकै अवरोधको कारण राष्ट्रियसभाको बैठक पनि २४ गतेसम्मका लागि स्थगित भइसकेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।