हामीसँग जोडिनुहोस

सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा

2 मिनेट

भक्तपुर, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताउनु भएको छ ।

प्रेस काउन्सिल नेपालले आज भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा आयोजना गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा बाृल्द उहाँले नकारात्मक मात्रै ाधई सकारात्मक विषयका पनि समाचार बनाउनु पर्ने बताउनु भएको हो ।

मन्त्री शर्माले भन्नुभयो, “एउटा पत्रकारले बदमासी ग¥यो भने सबै पत्रकार बदमास गरे भन्न मिल्दैन, एउटा राजनीतिज्ञले बदमासी ग¥यो भने सबै नेता खराब भन्न मिलेन, एउटा कर्मचारीले बदमासी ग¥यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्ने मिःल्दैन, तर अचेल कतिपय समाचार यस्तै देखाइएको छ ।

हामी अलि बढी नकरात्मक समाचारमा रमाउन थालेका छौँ कि। यस्तोे समाचारले सबैतिर नकारात्मक मात्रै छ कि भने जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ, सकारात्मक समाचार पनि बनाउने गरौँ ।

न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने औल्याउदै मन्त्री शर्माले न्यू मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यू मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला भन्दै उहाँले ‘सबैभन्दा ठूलो कुरा स्वनियमन र आचारसंहिता नै भएको औल्याउन भयो । उहाँले आचारसंहिता विपरित जानेका लागि कानून पनि त चाहिन्छ भन्दै त्यसतर्फ सोच्न आग्रह गर्नुभयो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका एवं कामलाई समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले हामीले के गरिरहेका छौँ ? पत्र कसलाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ? भन्ने जस्ता विषयमा पनि प्रष्ट सुझावमा आउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा न्यू मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले न्यू मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले न्यू मिडियालाई पत्रकार आचारसंहिता र मूल्य–मान्यताको पालनामा प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकारलाई राज्य, सरकारले नियन्त्रण गर्न सम्भव छैन भन्दै उहाँले सहजीकरण गरिदिनु पर्ने बताउनु भयो । स्वतन्त्र समाजमा आचारसंहिता पालना र मिडियालाई स्वघोषणा गराउनुपर्ने औल्याउदै दाहालले पत्रकारलाई नै जिम्मेवारीको विकेन्द्रीकरण गराउन उपयुक्त हुने र काउन्सिलका अबका काम त्यसतर्फ उन्मुख हुनुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको गरिमा अझै बढाउन आवश्यक रहेको औल्याउदै पत्रकारितामा राजनीति हावी हुँदा विकृति बढेको बताउनुभयो । उहाँले पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको भूमिका फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यसअवसरमा वरिष्ठ पत्रकार बबिता बस्नेतले लामो समय पत्रकारितामा बिताएकाहरू नयाँ मिडियामा अभ्यस्त हुन खोजिरहेकाले मिडियालाई पुनःपरिभाषित गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले युट्युब माध्यममा पत्रकारिताको अभ्यास गरिरहेकालाई पनि पत्रकार मान्नु पर्ने बताउनुभयो । ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।