
२३ साउन,काठमाडौँ ।
फिफा महिला विश्वकप अन्तर्गत आज प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
अहिलेसम्म क्वाटरफाइनलमा पुग्ने ६ टिमको टुंगो लागिसकेको छ। आजका खेलमा विजयी हुने २ टिमसँगै प्रिक्वार्टरफाइनल समिकरण पूरा हुने छ।
आज दिउँसो पौने २ बजे कोलम्बिया र जमैका आमने(सामने हुने छन्। कोलम्बिया समूह एचको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा जमैका भने समूह एफबाट उप विजेताको रुपमा पुगेको हो।
यसैगरी आजै अपरान्ह पौने ५ बजे फ्रान्स र मोरक्को आमने(सामने हुने छन्। फ्रान्स समूह एफबाट विजेता बन्दा मोरक्कको समूह एचको उप विजेता बनेको थियो।
सेमिफाइनल प्रवेशका लागि स्पेन र नेदरल्याण्ड्स तथा जापान र स्वीडेन भिड्नेछन्। अस्ट्रेलिया र इंग्ल्याण्डका प्रतिद्वन्द्वी आजका विजेता हुने छन्।