हामीसँग जोडिनुहोस

सामुदायिक वन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

1 मिनेट

काठमाडौं,२५ साउन।

सामुदायिक वन दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ देशैभर वृक्षरोपणसहितका विभिन्न कार्यक्रम गरी मनाउन दिवस लागिएको हो।

सामुदायिक वन उपभोक्ता महासंघले विहान काभ्रेको धुलिखेलमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए। उनका अनुसार बिहान १० बजे राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन तथा वातावरण मन्त्री डा। वीरेन्द्रप्रसाद महतोको उपस्थितिमा मूल समारोह आयोजना हुँदैछ ।

कार्यक्रममा विभिन्न सामुदायिक वनलाई गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्रदान गरिने छ। महासंघका अनुसार देशभर २२ हजार ४४५ वटा सामुदायिक वन छन्।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक स्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।