हामीसँग जोडिनुहोस

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डोको गोली हानी हत्या

0 मिनेट

साउन २५,  इक्वेडर।
इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ ।

राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् । घटनामा केही मानिस घाइते भएका छन् ।

राष्ट्रपतिको पहिलो चरणको चुनाव हुनुभन्दा १० दिनअघि उहाँको हत्या भएको हो । यही अगस्ट २० तारिखमा राष्ट्रपतिको पहिलो चरणको चुनाव हुँदैछ । राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका ८ जनामध्ये फर्नान्डो एक हुनुहुन्थ्यो ।

वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा पक्राउ गरी कानुनी कारबाहीमा ल्याउने बताउनुभएको छ । उहाँले उच्च सुरक्षा अधिकारीको आपत्कालीन बैठक समेत बोलाएको सीएनएनले जनाएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।