हामीसँग जोडिनुहोस

संघीय संसदका दुवै सदनको बेठक बस्दै

1 मिनेट

काठमाडौं,२६ साउन।

संघीय संसदका दुवै सदनको बेठक बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्।बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नेछन्।

शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने विषय पनि कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आजैका लागि बोलाइएको छ। बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ।​ राष्ट्रियसभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ। एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका छन्।एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको हो। जसका कारण दुवै बैठकमा लगातार अवरोध हुँदै आएको छ।

सदन खुलाउने बारे आज राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेसँग छलफल गर्दैछन्। हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका राष्ट्रपतिले सदनमा भएको अवरोधका बारेमा चासो राखेको र आज सभामुखसँग छलफल गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ।प्रमुख प्रतिपक्षी एमालेले सरकार नै संसदलाई द्वन्द्वतर्फ धकेलिरहेको र छानबिन समिति नबनेसम्म संसद चल्न नदिने अडानमा छ। एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना मागमा सरकार गम्भीर नभएको भन्दै अवरोध कायमै रहने जनाएका छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।