हामीसँग जोडिनुहोस

सुन प्रकरणमा मुछिएका व्‍यापारी राकेश अडुकियाका छोरा पक्राउ

1 मिनेट

काठमाडौँ,२६ साउन।

सुन प्रकरणमा मुछिएका व्‍यापारी राकेश अडुकियाका छोरा रोहनलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।

नयाँ दिल्लीबाट इन्डियो विमानमार्फत काठमाडौँ अवतरण भएलगत्तै अध्यागमन विभागले नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा कार्यालका प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए।

उनलाई राजस्व अनुसन्धान विभागमा पठाउन लागिए पनि विभाग बन्द भइसकेकाले अहिले अध्यागमन विभागकै नियन्त्रणमा रहेको बताइएको छ। उनलाई पनि सुन प्रकरणमै अनुसन्धानका लागि पक्राउ गरिएको हो। त्यहीकारण यसअघि उनी अध्यागमनको कालो सूचीमा रहेका थिए।

यही साउन ३ गते बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो। उनी भने सम्पर्कविहीन रहेका बताइएको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।