हामीसँग जोडिनुहोस

वैशाखदेखि सुर्तीजन्य पदार्थ प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने

1 मिनेट

साउन २६,काठमाण्डौ।

आउँदो वैशाख १ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ।

आन्तरिक राजस्व विभागले सूचना निकालेर सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने भन्दै तयारी थाल्न उद्योगहरूलाई जानकारी गराएको हो । नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् ।

अहिले आयात भइरहेका सबैजसो सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा रहने गरेका छन् । खासगरी गुट्खा लगायतका साना साना पोकामा राखिएका सुर्तीजन्य वस्तुका कारण प्लास्टिकजन्य फोहर बढेको गुनासो आइरहेको छ । देशबाट यस्ता वस्तु निर्यात गर्नेहरूले पनि प्लास्टिकका खोलमा नभई सडेर जाने वस्तुमा मात्रै प्याकिङ गर्न पाउनेछन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।