हामीसँग जोडिनुहोस

स्व. कार्कीको योगदानलाई भुल्नु हुदैन : महामन्त्री गगन थापा

खुल्ला रक्तदान, स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम

2 मिनेट
भक्तपुर, २७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई जनताको लागि सहज पहुँचको व्यबस्था गरेर जानु पर्ने बताउनु भएको छ ।
प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्व नेता स्वर्गीय श्यामबहादुर कार्कीको १६ औ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको भन्दै शिक्षाको अवसर र स्वास्थ्य उपचारको सहज व्यबस्थापन सबै नागरिकले पाउनु पर्ने औल्याउनु भयो । उहाँले स्वर्गीय कार्कीको प्रजातन्त्र स्थापनामा पुर्याउनु भएको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने औल्याउदै समाजको बिकासका लागि सामाजिक योगदानमा पनि काँग्रेस अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा कोईरालाले राजनीतिक मात्रै नभई सामाजिक व्यक्तित्वको रुपमा योगदान दिनु हुने स्वर्गीय कार्कीलाई समाजले मात्रै नभई पार्टीले सधै सम्झने बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले पार्टीका लागि र देशका लागि योगदान पुर्याउने काँग्रेसका नेताहरु सधै जिवित रहने चर्चा गर्दै भक्तपुरको विकासमा काँग्रेसले पुर्याएको योगदानलाई जनतामाझ ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा काँग्रेसका जिल्ला सदस्य कबिर राणा, नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति भेषबहादुर कार्की, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले स्वर्गीय कार्कीको योगदानकोबारेमा चर्चा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलमलगायतका स्टेशनरी सामानहरु हस्तान्तरण गर्नु भयो । कार्यक्रममा ६४ जनाले रक्तदान गरेको उहाँले बताउनुभयो । उहाँले विगत १५ वर्षदेखि विद्यार्थीहरुलाई झोला,स्टेशनरी सामाग्री प्रदान गर्दै आएको बताउदै विद्यालयहरुलाई कम्प्युटर पनि प्रदान गरेको स्मरण गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।