हामीसँग जोडिनुहोस

प्रेस चौतारी भक्तपुरका अध्यक्ष ढकाललाई पितृशोक

2 मिनेट

भक्तपुर, २७ साउन । प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष हेमराज ढकाल (सुमन)लाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव एवं नयाँ नेपाल न्यूज डटकमका कार्यकारी सम्पादकसमेत रहनु भएका पत्रकार ढकालका पिता भिष्मप्रसाद ढकालको ५९ वर्षको उमेर आज शनिवार उपचारका क्रममा भक्तपुर अस्पतालमा निधन भएको हो ।

काभ्रे मण्डन देउपुर–१ गिरधरे निवासी स्वर्गीय ढकालको लामो समयदेखी दम र मुटु सम्बन्धी समस्याका कारण उपचाररत रहेको र उपचारकै क्रममा अस्पतालमा उहाँको निधन भएको हो । स्वर्गीय ढकालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पत्रकार हेमराजसहित दुई छोरा र एक छोरी छन ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यसमिति र भक्तपुर जिल्ला समितिले आज बिज्ञप्ती जारी गर्दै अध्यक्ष ढकालका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रेस चौतारी केन्द्रीय कार्यसमितिका महासचिव हिरामान लामा र भक्तपुर जिल्ला शाखाका सचिव आशिष पौडेलले छुट्टाछुट्टै शोक बक्तव्य जारी गर्दै यस दुखद्पूर्ण घडीमा संगठन मृतक बुबाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकमग्न ढकाल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ, भनिएको छ ।

पशुपति आर्यघाट पुगेर प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, वागमति प्रदेश सभा सदस्य एवं एमाले युवा नेता किरण थापा, सूर्यविनायक नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, प्रेस चौतारी उपत्यका अध्यक्ष, काठमाडौं अध्यक्ष, भक्तपुर इन्चार्ज, केन्द्रीय सदस्यहरु, एमालेका जिल्ला सदस्यहरु, प्रेस युनियनका केन्द्रीय सदस्य, उपत्यका उपाध्यक्ष, प्रेस सेन्टर तथा नेपाल पत्रकार महासंघ भक्तपुरका पदाधिकारीहरु ढकालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्नु भएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।