हामीसँग जोडिनुहोस

कांग्रेस संसदीय दलको बैठक बस्दै

0 मिनेट

काठमाडौं, २८ साउन।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

बैठक दिउँसो साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।बैठकमा आफ्ना सांसद डा। सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। आफ्ना सांसद् पक्राउलाई लिएर पार्टीको घोर आपत्ति रहेको भन्दै बैठक बोलाइएको प्रचार विभाग प्रमुख विश्कर्माले बताए।

यस्तै बैठकमा संसद्मा भइरहेको अवरोधका विषयमा पनि छलफल हुने बताइएको छ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।