हामीसँग जोडिनुहोस

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल युरोपका भ्रमण छोट्टाएर भोलि नेपाल फर्कने

1 मिनेट

काठमाडौं, २८ साउन।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर भोलि बिहान नेपाल फर्कने भएका छन् ।

मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल साउन २९ गते सोमबार नेपाल फर्कन लागेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल साउन १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो । तर, ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले अध्यक्ष नेपाललाई पार्टी नेताहरूले नै भ्रमण छोट्टाएर फर्कन सुझाव दिएका थिए ।

अध्यक्ष नेपाल युरोप भ्रमणमा निस्कने अघिल्लो दिन मात्रै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।