हामीसँग जोडिनुहोस

गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

1 मिनेट

साउन २८,काठमाण्डौ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण ुभिजिबिलिटीु कम भएपछि केही उडान ुडाइभर्टु भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले ुभिजिबिलिटीु कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतको नयाँ दिल्लीबाट आएको एअर इन्डियाको जहाज बनारस ुडाइभर्टु भएको छ भने चीनको तियान्फूबाट आएका एअर चाइना र सिचुआन एअरलाइन्सका जहाज उतै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाण्डौबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाण्डौ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । यस्तै बुद्ध एअरको काठमाण्डौ–पोखरा रुटका तीन वटा र बुद्ध एअरकै काठमाण्डौ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सि मङ्गलवारसम्म देशभर वर्षा भइरहने अनुमान छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।