साउन २९, काठमाण्डौ ।
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।
सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ४ बजे नदीमा पानीको बहाव ४ लाख ६२ हजार क्युसेक पुगेको थियो । अहिले भने पानीको बहाव बिस्तारै घट्न थालेको छ ।अघि बिहान सात बजेको मापनअनुसार ४ लाख ४० हजार क्युसेकमा झरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ।
सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
तर अहिलेसम्म क्षतिको विवरण नआएको खतराको तह घट्दै जाने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन्।