हामीसँग जोडिनुहोस

उपराष्ट्रपति यादव आज चीनको साताव्यापी भ्रमणमा जाँदै

0 मिनेट

साउन २९, काठमाण्डौ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव  जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाँदै छन्। अपराह्न ४ स् २५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ आयात–निर्यात मेला’मा सहभागी हुन उनी चीन प्रस्थान गर्न लागेका हुन्।

मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईका अनुसार उनी यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने लामा सहभागी हुनेछन्।

उपराष्ट्रपति यादवसँगै उनकीधर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा चीन जानेछन्।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।