साउन २९, काठमाण्डौ ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार सम्पन्न हुँदै छ। गत शुक्रबार शुरु भएको बैठक सोमबार सकिन लागेको हो ।
बिहान ११ बजे शुरु हुने बैठक समसामयिक राजनीतिक विषयमा महत्त्वपूर्ण निर्णय गर्दै सकिने पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
संघीय संसद् भवन ल्होत्से हल बानेश्वरमा बस्ने बैठकमा बाँकी सांसदहरूले धारणा राख्ने छन्। बैठकमा आइतबारसम्म बोल्ने सांसदले सरकारका कामकारबाही, सुन तस्करीलगायत राजनीतिक घटनाक्रमका बारेमा धारणा राखेका थिए।
उनीहरूले डेङ्गु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार र पशुपक्षीमा लाग्ने लम्की रोगको उपचारबारेमा पनि धारणाा राखेका थिए।