काठमाडौं,२९ साउन।
राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीका सांसद अनिता देवी साहलाई मन्त्री पदको शपथग्रहण गराएका छन्।
सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मन्त्री पदको शपथ ग्रहण गराएका हुन् । माअोवादी केन्द्रले उनलाई भित्र्याउन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको थियो।
शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो।