हामीसँग जोडिनुहोस

युरोप भ्रमण छोट्याएर अध्यक्ष माधव नेपाल स्वदेश फिर्ता

0 मिनेट

काठमाडौं,२९ साउन।

नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।

ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले स्वदेश फर्कन पार्टीकै नेताहरूले आग्रह गरेपछि पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल भ्रमण छोट्याएर फर्किएको पार्टी नेताहरूले जनाएका छन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।