हामीसँग जोडिनुहोस

नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन सहितको सर्कुलर मातहतका कमिटीलाई पठायो

1 मिनेट

२९ साउन,काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजनसहितको सर्कुलर मातहतका कमिटीलाई पठाएको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालयले सोमबार माहतका कमिटीलाई सर्कुलर पठाएको हो ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा ३ महिने वडास्तरीय संगठन विस्तार अभियानलाई केन्द्रविन्दु बनाएर नेताहरुको कार्यविभाजन भएको छ । माओवादीले आगामी भदौ १६ देखि तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ गर्न लागेको सन्दर्भमा पार्टीले कार्यविभाजन गर्दै संगठनलाई चलायमान बनाउन खोजेको हो ।

एक व्यक्तिलाई एउटै मुख्य जिम्मेवारीमा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । यस्तै फ्र्याक्सन इञ्चार्जहरु आवश्यकता अनुसार परिवर्तन गरिएको छ ।

स्थायी समिति सदस्य नपुगेका मोर्चाहरुमा केही वरिष्ठ केन्द्रीय सदस्यहरुलाई पनि जिम्मेवारी दिन सकिने निर्णय गरिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।