हामीसँग जोडिनुहोस

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक भदौ ३ गतेसम्मका लागि स्थगित

1 मिनेट
sf7df8f}F, @$ ;fpgM ;+;b cj/f]w k|ltlglw;efsf] a’waf/ a;]sf] a}7s ;’¿ x’gf;fy /f]i6ddf cfP/ lj/f]w tyf gf/fafhL ub}{ g]skf Pdfn]sf ;f+;bx?. tl:a/ M /Tg >]i7, /f;;

२९ साउन,काठमाडौँ ।

सुन तस्करीको छानविनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा एमालेले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पारेको छ । बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक शुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका सांसद सुनील शर्माले राज्यले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरेको भनेर विरोध जनाउनुभएको छ । उहाँको यो भनाइबारे माओवादीका सांसदले आपत्ति जनाएका छन् ।

एमालेका सांसदले नाराबाजी नरोकेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आउँदो भदौ ३ गते आइतवारसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।नेकपा एमालेले गत साउन १० गतेदेखि नियमित रुपमा सदन अवरोध गर्दै आएको छ । उसले तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र र न्यायीक छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै आएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।