हामीसँग जोडिनुहोस

प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीनको भ्रमण गर्ने

1 मिनेट

साउन २९,काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिले अमेरिका र त्यसलगत्तै छिमेकी राष्ट्र चीनको भ्रमण गर्ने भएका छन् । संयुक्त महासभामा सम्बोधन गर्ने समय साटफेर हुने भएपछि प्रधानमन्त्रीले एकैपटक दुई देशको भ्रमण गर्ने तालिका तय भएको हो चीनमा २३ सेप्टेम्बरदेखि एसियाली खेलकुद सुरु हुँदैछ । त्यसको उद्घाटन कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री प्रचण्डलाई चीनले निम्ता दिएको थियो । तर, त्यही समयमा अमेरिकाको न्यूयोर्कमा संयुक्त महासभामा पनि भाग लिन जाने कार्यक्रम तय भएकाले प्रधानमन्त्रीलाई पहिले कहाँ जाने भन्ने बारेमा सकस भएको थियो ।

दुवै देशको भ्रमण तालिकालाई समायोजन गर्नका लागि महासभामा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको मिति सार्नका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य सुरु गरेको थियो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री सेप्टेम्बर १८ मा सम्बोधन सकेर केहीदिन त्यहाँ उच्च स्तरीय भेटघाट गर्नेछन् । त्यसपछि त्यहाँबाट प्रधानमन्त्री एसियाली खेलकुदको उद्घाटन समारोहलाई भ्याउने गरी अमेरिकाबाट सिधै चीनतर्फ प्रस्थान गर्ने तयारी गरेका छन् । यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको छ ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।