हामीसँग जोडिनुहोस

नेपाल प्रहरीका ९ सय ५८ जना इन्स्पेक्टरको सरुवा

1 मिनेट

 ३० साउन,काठमाडौँ ।

नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक इन्स्पेक्टरहरुको सरुवा गरिएको छ । प्र्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् ।प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा र इलाका प्रहरी कार्यालय फर्पिङमा ज्ञानमन्जरी शर्मालाई सरुवा गरिएको छ । प्रहरी प्रभाग कपनमा नवराज सापकोटा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा जनार्दन घिमिरे र इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा अनिल पण्डितलाई सरुवा गरिएको छ ।

सरुवा सूची अनुसार अनिश भण्डारी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु, अशोक मल्ल इलाका प्रहरी कार्यालय खजुरा, आशिष् अधिकारी इलाका प्रहरी कार्यालय सुनवल पश्चिम नवलपरासी र उज्ज्वल बहादुर सिंह इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भएका छन् ।

किरण प्रकाश मल्ललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र चन्द्र किशोर शाहलाई इलाका प्रहरी कार्यालय यदुकुवा धनुषामा सरुवा गरिएको छ । नवराज न्यौपाने जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड झापामा सरुवा भएका छन् ।

इलाका प्रहरी कार्यालय टोकपुर रामेछापमा मणिराम थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा बजिर सिंह विष्ट र इलाका प्रहरी कार्यालय लेटाङमा भिमलाल वलीलाई सरुवा गरिएको छ । मोहन विक्रम केसी इलाका प्रहरी कार्यालय पोखरीया पर्सामा सरुवा भएका छन् । प्रहरी प्रभाग सानेपामा कार्यरत सचिता थापा मगरलाई इलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा गरिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।