हामीसँग जोडिनुहोस

तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै

1 मिनेट

साउन ३०, काठमाण्डौ ।

राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन ुब्रेक शुु बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ ।

ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट सुन छुट्याउँदा ६० किलो सात सय ७९ ग्राम भएको थियो । आज मङ्गलवार पगालेर सुनबाट जर्ती हटाउँदा ६० किलो सात सय १६ ग्राम कायम भएको टक्सार विभागले जनाएको छ । पगालेको सुनलाई विभागले ३६ वटा बिस्कुट आकारमा बनाएको छ । अब सुनको गुणस्तर मापन गर्ने विभागका निर्देशक थानेश्वर आचार्यले बताउनुभयो ।

सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० लाई दिएको छ ।

हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को हिरासतमा छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।