
३१ साउन,काठमाडौं ।
अनौपचारिक क्षेत्रमा रहेका ५० लाख भन्दा बढि श्रमिकलाई सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा शुभारम्भ गरेका हुन्।
उक्त योजना अनुसार अनौपचारिक क्षेत्रमा रहेका ५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्द हुने अपेक्षा सामाजिक सुरक्षा कोषको रहेको छ।
कोषले अनौपचारिक क्षेत्रका मात्र नभएर स्वरोजगारमा रहेका व्यक्तिले समेत सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेछन्।
अनौपचारिक क्षेत्र अन्तरग्त कृषि, यातायात, निर्माण र घरेलु क्षेत्र गरेर ४ भागमा विभाजन गरिएको छ। यसका लागि डिजिटल फोटो, मोबाईल नम्बर , बुबा–हजुरबुबाको नाम, बैक खाता लगायतका कागजात आवश्यक पर्नेछ ।