हामीसँग जोडिनुहोस

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

1 मिनेट

काठमाडौं,३१ साउन ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा समसामयिक राजनीति र संसद्को गतिरोधका बारेमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए।

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्‍मा रहेका सबै दलहरूलाई विश्वासको वातावरण सृजना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए। प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानविन समिति गठनको मागसहित एमालेले साउन १० यता लगातार संघीय संसद्‍का दुवै बैठक अवरोध गर्दै आएको छ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।