हामीसँग जोडिनुहोस

ठगी धन्दामा लागेको आरोपमा काँग्रेसबाट निर्वाचित वडा सदस्य प्रहरी फन्दामा

2 मिनेट

भक्तपुर, ३१ साउन । रक्षक नै भक्षक भए पछि कस्तो के लाग्छ भन्ने उखान यतिखेर भक्तपुरको बालकोटमा लागू भएको छ । जनताले मत दिएर विजयी गराएका जनताका साझा प्रतिनिधी नै जनप्रतिनिधि हुन् । जनप्रतिनिधिले त जनतालाई समस्या पर्दा समाधान निकाल्ने र जनताको पक्षमा काम गर्नु पर्ने हो । तर भक्तपुरका एक वडा सदस्यले भने जनताकै रकम ठगी मात्र नभई सिंगै जग्गा हत्याउन खोजेपछि प्रहरीको फन्दामा परेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाटलाई मिटर व्याजी तथा ठगी गरेको आरोपमा काठमाण्डौं प्रहरी परिसर टेकुका प्रहरीले पक्राउ गरेपछि यतिखेर हिरासतमा बस्न बाध्य भएका छन् ।

नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित रानाभाटले मिटर व्याजीको रुपमा ठगी धन्दा चलाएको आरोपमा प्रहरीको फन्दामा परेको प्रहरीको भनाइ छ । टेकु प्रहरीका अनुसार पीडित सानुभाई लोहार, पुतली कामी, थलबहादुर कामी र सहबहादुर कामीले वडा सदस्य रानाभाटविरुद्ध ठगीको मुद्धा दर्ता गरेपछि प्रहरी ले पक्राउ गरेको हो । रानाभाटलाई टेकुबाट खटिएर आएका प्रहरीले यहीँ २९ गते पक्राउ गरेको र ३० गते पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

वडा सदस्य रानाभाटले जग्गा आफ्नो नाममा नामसारी गरी तेजबहादुर खड्कालाई १७ लाख ऋण दिएको र खड्काले आफुले लिएको रकमको साँवा व्याजसहित फिर्ता गरी जग्गा बेचविखन गर्ने तयारी गर्न लागेपछि वडा सदस्य रानाभाटले रु. दुई करोड ५० लाख दिएमात्रै जग्गा फिर्ता दिने नत्र फिर्ता नगर्ने बताए पीडित बाध्य भएर न्यायको लागि प्रहरीमा उजुरी दिनु परेको उनले बताए ।

प्रहरीका अनुसार पीडितले वडासदस्य रानाभाटले उजुरीकर्तासँग साढे दुई करोड मागेको अडियोसमेत प्रहरीमा बुझाएको बताइएको छ ।सत्ता र शक्तिको दुरुपयोग कसैले गर्नु हुदैन भन्दै पक्कै न्याय पाइएला भनेर प्रहरीको ढोका ढकढक्याउन गएको पीडितको भनाइ छ ।

प्रहरीले भने रानाभाट बिरुद्ध म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको तर घट्नाकोे वास्तविकता र कति रकम ठगी गरिएको हो भन्ने यथार्थ विवरणको खोजी भइरहेको जनाएको छ । उजुरी उपर कारबाही गर्दै भएको अनुसन्धानमा दोषी प्रमाणित भए सोही अनुसारको कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।