हामीसँग जोडिनुहोस

आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६० जनाको मृत्यु

1 मिनेट

साउन ३२,काठमाण्डौ।

पश्चिम अफ्रिकी देश केप भर्दे नजिक आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।

आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईओएमले दुर्घटनामा परेका ३८ जनाको उद्धार गरिएको बताएको छ। उद्धार गरिएकामा १२ देखि १६ वर्ष उमेरका बालबालिका पनि छन् । करिब १०० मानिस सवार डुंगा अवैध रुपमा सामुद्रिक बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा दुर्घटनामा परेको हो।

आन्ध्र महासागरीय देश केप भर्दे हँदै डुंगा युरोप प्रवेश गर्न लागेको थियो। डुंगामा सेनेगल तथा सिएरा लियोनका व्यक्ति रहेको अनुमान छ। यही मार्गबाट युरोप प्रवेश गर्न खोज्दा गत वर्ष ५५९ जनाको मृत्यु भएको थियो। यो वर्षको शुरुमै जहाज दुर्घटना हुँदा १२६ जनाको मृत्यु भएको थियो।

अवैध रुपमा युरोप प्रवेश गर्ने खोज्ने अफ्रिकी तथा मध्यपूर्वी एसियाली मुलका नागरिक कठिन सामुद्रिक मार्ग र कमजोर डुंगाका कारण दुर्घटना पर्ने गरेका छन्।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।