हामीसँग जोडिनुहोस

प्रतिनिधि र राष्ट्रियसभा अन्तर्गतका तीन विषयगत समितिको बैठक बस्दै

1 मिनेट

साउन ३२,काठमाण्डौ।

प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीन विषयगत समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ।

समितिको हल सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय १६औँ योजनाको अवधारणा पत्र र उक्त योजनामा दिगो विकास लक्ष्यको अन्तरआबद्धता, एलडीसी ग्राजुएसन स्ट्राटेजी तयारी लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ।

यस्तै बिहान साढे ११ बजे प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्किन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका विषयमा छलफल गर्ने कार्यसूची छ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसहित मन्त्रालयका सचिव तथा सरोकारवालाई अधिकारीलाई बोलाइएको सचिवालयले जनाएको छ। यस्तै दिउँसो १ बजे प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक पनि बोलाइएको छ।

सरकारका काम लगायत समसामयिक विषयमा छलफल गर्न समितिको बैठक बोलाइएको हो।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।