हामीसँग जोडिनुहोस

६० किलो सुन तस्करीमा संलग्न आरोपमा थप दुई चिनियाँ नागरिक पक्राउ

1 मिनेट

०१ भदौ,काठमाडौं ।

हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको हो
साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।