हामीसँग जोडिनुहोस

प्रतिनिधिसभाको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

1 मिनेट

काठमाडौं,१ भदौ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिनिधिसभाको अवरोध हटाउन प्रचण्ड र घिमिरेबीच भेटवार्ता भएको हो। भेटमा सभामुख घिमिरेले सदन नचलेर जनताले समेत राम्रो नमालेकाले अवरोध हटाउन भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।

‘सदन नचल्नु राम्रो भएन। माननीयहरूले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइँन भन्नुहुन्छ। दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन। आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरता पूर्वक छलफल गरिदिनुहोस्,’ प्रधानमन्त्रीसँग सभामुखले भने।

यस्तै उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कानुन निर्माण हुन नसकेको बताएका थिए। उनले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले साउन १० गतेदेखि सदन चल्न दिएको छैन। तस्करीको सुन बरामद प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।