भदौ १,काठमाण्डौ ।
आर्थिक वर्ष २०७९र८० मा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअुनसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१ दशमलव २ प्रतिशतले बढेको हो ।
यस्तै गएको आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चार लाख ९७ हजार सात सय चार पुगेको छ । यो सङ्ख्या ४० दशमलव तीन प्रतिशतले वृद्धि भएको हो ।
यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने एक दशमलव आठ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ रहेको राष्ट्र बैंकले जनाएको छ ।