हामीसँग जोडिनुहोस

काठमाण्डौका विभिन्न ठाउँमा आज विद्युत् आपूर्ति ५ घण्टा बन्द हुने

1 मिनेट

भदौ २, काठमाण्डौ ।

आज काठमाण्डौका विभिन्न ठाउँमा विद्युत् आपूर्ति ५ घण्टा बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली आपूर्ति नहुने भएको हो ।

बाफल, बुडाथोकी कोल्डस्टोर, सिबिल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, ह्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर क्षेत्र, त्यस्तै, ज्ञानोदय, गाई–बाच्छा पाटी, स्वयम्भू, सानो भर्याङ, बारूदखाना क्षेत्र, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ सालिक चोक, एलआरआई, न्यु डाइमण्ड क्षेत्रमा पनि विद्युत् अवरूद्ध हुनेछ । सिर्जना चोक, इन्द्रयान, गुर्जुधारा, हिल भिजन कोलोनी, पाटीचोक, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि अवरूद्ध हुनेछ ।

त्यस्तै, दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत् सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयअगाडि नै काम सम्पन्न भए बिजुली नियमित हुने पनि जनाएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।