हामीसँग जोडिनुहोस

एमालेमा केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर

1 मिनेट

भदौ २, काठमाण्डौ ।

नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । बाग्मती प्रदेशको इञ्चार्जमा गुरू बराल र सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ ।काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाण्डौको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इञ्चार्ज तोकिएको छ । केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका केशव स्थापित र प्रमोदनारायण यादवलाई पदमुक्त गरिएको एमालेको अन्तर पार्टी निर्देशन ९अपानि० मा उल्लेख छ ।

अपानिमार्फत् एमालेले जनसङ्गठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न भनेको छ । सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसङ्गठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटो प्रयोग भएकाले निरूत्साहित गर्न खोजिएको एमालेको भनाइ छ ।

पार्टी र जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू संस्थापक महासचिव पुष्पलाल, मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय भएको एमालेले जनाएको छ ।

यस्तै, एमालेले प्रदेशको अधिवेशन मिति सार्वजनिक गरेको छ । भदौ १६ र १७ गते लुम्बिनी प्रदेश, असोज ५ र ६ गते मधेस प्रदेश, असोज १० र ११ गते बाग्मती प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र २१ र २२ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन आयोजना हुने एमालेले जनाएको छ ।

एमालेले प्रदेश अधिवेशनका लागि ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुनेगरी प्रतिनिधि चयनको विधि तय गर्ने भएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।