
काठमाडौं,०२ भदौ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरूको सरुवा गरेको छ । पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका हुन् ।उपत्यका प्रहरी कार्यालयमा एआईजी दीपक थापालाई ल्याइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत थिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारी, प्रशासन विभागमा मिरा चौधरी, कार्य विभागमा श्यामलाल ज्ञवाली र मानवश्रोत विकास विभागमा टेक प्रसाद राईलाई सरुवा गरिएको छ ।
यसअघि ज्ञवाली उपत्यका प्रहरी कार्यालय, टेकप्रसाद राई प्रशिक्षण प्रतिष्ठान, मिरा चौधरी कार्य विभाग र सन्दीप भण्डारी मानवश्रोत विकास विभागमा कार्यरत थिए ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






