हामीसँग जोडिनुहोस

क्यानडाको पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा,आपत्कालको घोषणा

1 मिनेट

भदौ २, एजेन्सी।

क्यानडाको पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम छ । प्रान्तीय प्रमुख डेभिड एबीले परिस्थिति खराब बनेको र अत्यन्तै चुनौतीपूर्ण स्थितिमा रहेको बताउनुभएको छ ।

तीव्र गतिमा फैलिएको डढेलोले ६८ हजार हेक्टर जमिनमा क्षति गरेको छ । झण्डै ५ हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न भनिएको छ ।

यलोनाइफलाई खाली गर्न दिइएको समयसीमा आधिकारिक रुपमा सकिएको बीबीसीले जनाएको छ । क्यानडा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्थामा छ । विज्ञहरूले तापमान र सुक्खालाई यसको मुख्य कारक मानेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।