भदौ २,काठमाण्डौ ।
गएको आर्थिक वर्ष २०७९ र ८० मा नेपालको खुद सेवा आय ८३ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको छ ।
गएको वर्ष सेवा खाता अन्तर्गत विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।यो अघिल्लो आर्थिक वर्ष २०७८र७९ को तुलनामा झण्डै ९० प्रतिशतले धेरै हो ।
तर विदेशीले नेपालमा ६१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा नेपालीले भने विदेशमा गर्ने खर्च भने झण्डै डेढ खर्ब रुपैयाँ रहेको छ ।गएको वर्ष नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय एक खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ४८ प्रतिशतले धेरै हो ।गएको आर्थिक वर्षमा नेपालीले विदेशमा पढ्नकै लागि एक खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा नेपालीले विदेशमा पढ्न जम्मा ६७ अर्ब ७० करोड रुपैयाँ खर्च गरेकोमा गएको आर्थिक वर्ष २०७९र८० मा एक खर्ब रुपैयाँ नाघेको हो ।