हामीसँग जोडिनुहोस

समाजवादीको पोलिटब्यूरो बैठक आज बस्ने

1 मिनेट

भदौ ३,काठमाण्डौ ।

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ ।

महासचिव घनश्याम भुसालले बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने जानकारी दिए ।

उनले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताए । समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्षनेतालाई बैठकले जिम्मेवारी प्रदान समेत गर्ने छ । पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म काठमाडौँमा बोलाइएको महासचिव भुसालले जानकारी दिए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।