हामीसँग जोडिनुहोस

प्रतिनिधिसभा बैठक बस्दै

1 मिनेट

३ भदौ,काठमाडौ।

प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले करिब एक महिनादेखि अवरोध गर्दै आएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद चल्न दिएको छैन।

गत साउन १० गतेदेखि नेकपा एमालले लगातार बैठक अवरोध गर्दै आएको छ। त्यस यता ७ पटक प्रतिनिधिसभाको बैठक आह्वान भएको छ। बैठकका कार्यसूचि सार्दै आउँदा आज पनि पुरानै कार्यसूचि राखिएका छन्।

आज राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्र सुनाउने, एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि थप सम्बन्धि बाधाअड्काउ फुकाउ आदेश पेश गर्नेलगायतका कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।