भक्तपुर,३ भदौ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित विनायक शिक्षा निकेतन विद्यालयमा दुई दिने SQC तालिमको आयोजना गरिएको छ ।
विद्यार्थीहरुलाई आजको युग सुहाउँदो स्तरीय, वैज्ञानिक र प्रगतिशील शिक्षा प्रदान गर्नुपर्छ र आत्मनिर्भर, दक्ष र स्वावलम्वी नागरिक बनाउन पर्दछ भन्ने उद्देश्यले विनायक शिक्षा निकेतन ई। स्कुलमा सो तालिमको आयोजना गरिएको हो । QUEST Nepal मधयपुर हवको आयोजना र4S Eduational Nepal तथा विनायक शिक्षा निकेतनको संयुक्त व्यवस्थापनमा भक्तपुर तथा काठमाडौँ जिल्लाका विभिन्न विद्यालयका २५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा Quest Nepal का महासचिव सिंहबहादुर लामा र मास्टर ट्रेनर रोशन थापा मगर प्रशिक्षकका रूपमा रहनु भएको थियो।
तालिम मध्यपुर हवका संयोजक, सोमकृष्ण प्रजापति, मास्टर ट्रेनर प्रेम प्रसाद निरौला र मास्टर ट्रेनर कृष्णहरि श्रेष्ठको व्यवस्थापन संचालन भएको थियो ।
तालिममा विनायक शिक्षा निकेतनका प्रिन्सपल सुरेन्द्रविक्रम प्रजापतिले तालिम उत्कृष्ट र सिकेका कुराहरु, शैक्षिक गुणस्तरीयता कायम गर्न हरेक विद्यालय सफल रहोस तथा आधुनिक, गुणस्तरीय र प्रगतिशील शिक्षा प्राप्त गर्दै हरेक विद्यार्थी विश्व नागरिक बन्न शुभकामना दिनुभयो ।