हामीसँग जोडिनुहोस

काठमाण्डौको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, बालिका घाइते

1 मिनेट

भदौ ३, काठमाण्डौ ।

काठमाण्डौको वनस्थली ढुङ्गेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् ।

बालाजुबाट कलङ्कीका लागि छुटेको ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२–०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक साँगाचोकगढीकी ३२ वर्षीया अनिता थापा र ठेगाना नखुलेका ३२ वर्षीय रामकुमार भारतीको ज्यान गएको हो । दुर्घटनामा परेर नौ वर्षीय बालिका अनिशा थापा घाइते भएकी छन् ।

अनिता र रामकुमारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिनुभयो । टाउकोमा चोट लागेर घाइते भएकी बालिकाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको ढुङ्गेलले बताउनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।